Today:
Lastest posts:



इराकमा मंगलबार भएको श्रृंखलाबद्ध बम बिस्फोटनमा कम्तीमा ४४ जनाको मृत्यु भएको छ भने दर्जनौं घाईते भएका छन् । 

इराकी प्रहरी अधिकारीका अनुसार राजधानी बग्दादको दक्षिणमा रहेको दिवानिया सहरमा भएको कार बम विस्फोटनमा ४० जनाको मृत्यु भएको छ । यस्त विस्फोट कारबला पनि भएको छ । त्यहाँ भएको विस्फोटमा चार जनाको मृत्यु भएको छ । 

सिया समुदायका मानिसहरुले एक पर्व मनाउने तयारी गरिरहेको समयमा विस्फोट भएको थियो । विस्फोटन पछि प्रहरीले विस्फोटन भएको क्षेत्र र त्यस वरिपरिका क्षेत्रमा कफ्र्यु लगाएका छन् । यसैबीच ताजी शहरमा दुई विस्फोट भएको छ ।