माइक्रोसफ्टले १ अर्ब २० करोड डलरमा सामाजिक सञ्जाल याम्मर खरिद गर्ने
सफ्टवेयरको क्षेत्रमा अग्रणि रहेको माइक्रोसफ्टले १ अर्ब २० करोड डलरमा सामाजिक सञ्जाल साइट याम्मर खरिद गर्ने भएको छ। यि दुई कम्पनीबिच सम्झौताका बारेमा छलफल हुने बताइएपनि माइक्रोसफ्टले भने आफ्नो योजना सार्वजनिक गरिसकेको छ।चर्चित सामाजिक सञ्जाल फेसबुक पनि सञ्चालन हुदै आएको यो साइटमा ५० लाख प्रयोगकर्ता रहेको बताइएको छ। माइक्रोसफ्टले याम्मर खरिदपछि आफ्नो सफ्टवेयर उत्पादन क्षमता अझै बढ्ने आशा गरेको छ।यसैगरि याम्मर कम्पनीका कार्यकारी डेभिड स्याक्सले माइक्रोसफ्टको सहकार्यपछि सामाजिक सञ्जालको क्षेत्रमा धेरै परिवर्तन गर्न सकिने बताए।
Media,Technology
2012-07-06T12:40:00-07:00
2012-07-06T12:40:00-07:00
Đang tải dữ liệu...
