Today:
Lastest posts:

अब नेपाली चलचित्रमा १५ सेकेन्डभन्दा वढी किस गर्न नपाईने

काठमाण्डौ,असार २२ । 
फिल्म निर्माता तथा निर्देशकले आफ्नो फिल्म सफल हुनुमा लामो किस सिन छ भनेर दाबी गरिरहदा अब भने लामो किस सिनको फिल्मलाई सेन्सर गरिने भएको छ । सेन्सर बोर्डले निर्माण्ँ गरिरहेको आचारसंहितामा अश्लिलतालाई यसरी कडाइ गर्न खोजिएको हो ।

आउ“दो साता सार्वजनिक गर्न लागिएको उक्त नया“ नीतिमा फिल्मले सामाजिक मूल्यलाई पालना गर्नुपर्ने खालका प्रावधान समेटिएको छ । ‘पन्ध्र सेकेन्ड भन्दा बढीको किस सिन राख्न पाइने छैन’, अध्यÔ सुशिल ओझाले भन्नुभयो ।
अर्धपारदर्शी पहिरनमा महिलाको संवेदनशिल अंगलाई देखाउन नपाइने पनि व्यवस्था उल्लेख छ । सामाजिक मर्यादा प्रतिकूलका दृश्यलाई समेट्न नपाइने पनि जनाइएको छ । बोर्डले अश्लिल दृश्य र संवादलाई सामाजिक प्रतिकूलताको रुपमा व्याख्या गरेको छ । नेपाली सांस्कृतिक, जातिय सद्भाव, कुटनीति, राष्ट्रिय सुरÔा, बाल मनोविज्ञानमा असर नपर्ने खालका दृश्य समेट्नु पर्ने नियम पनि आचारसंहितामा छ ।