न्युयोर्क, असार २२ (एजेन्सी)- टिन सेन्सेसन जस्टिन बिबर र सेलेना गोमेजको जोडी टुटेको खबर आइरहेको बेला पिपल म्यागेजिनले स्रोतहरुलाई उद्धृत गर्दै गत साता एस्ले टिस्डेलको जन्मदिनको पार्टीमा गोमेज जस्टिनलाई सम्झँदै रुँदै गरेकी र तनावमा भेटिएको खबर छापेको छ। तर पछिल्ला पोटोहरुमा उनी हँसिली देखिएकी छिन्। अझ एउटा फोटोमा त बिबरका नजिकका साथी अल्फ्रेडो फ्लोरेससित समेत उनलाई देखिएको छ।
गत साता यो जोडी टुटेको खबर टीएमजेडले सार्वजनिक गरेको थियो।
यसअघि पनि गत अगस्तमा यो जोडीले ब्रेकअपको हल्लाको सामना गर्नुपरेको थियो। तर टिन च्वाइस अवार्डस् दुवै सँगै हाँसीखुसी भेटिएपछि हल्ला आफै साम्य भएको थियो।
गत वर्षको मे महिनामा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक रुपमा चुम्बन गरी दुवैले आफ्नो रिलेसनसिप स्टायटस सार्वजनिक गरेका थिए। १९ वर्षकी सेलेना र १८ वर्षका बिबर दुवैले ब्रेकअप रिपोर्टबारे ट्विटरमा केही बताएका छैनन्। उनीहरुका प्रतिनिधिले पनि यो विषयमा केही बताएका छैनन्।






Set homepage
About us
E-mail: exmail@example.com
Contact advertising
Recruitment
Hotline: 0123.45.67.89
Top